No Image Headlineखबर फटाफटदेश
देशका अधिकांश स्थानमा झरी, तीन दिनसम्म वर्षा हुने अनुमान

काठमाडौं-मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा झरी परेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।



आज दिउँसो सामान्य बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना छ ।



आज राति प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आउने मंगलबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।