
काठमाडौ-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा भएका छन् ।



विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ २८ महिना लामो जेल जीवन बसाईपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् ।



रिहा भएपछि काठमाडौँको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगायतका नेताहरुले खादा लगाएर अभिनन्दन गरेका थिए ।



बमलाई बिहीबार उच्च अदालत नेपालगञ्जले रिहाइ गर्न आदेश दिएको थियो । नेकपामाथि प्रतिबन्धकै अवस्थामा बमलाई पक्राउ गरेर प्रहरीले हात हतियार, राजद्रोहको मुद्धा लगाएको थियो ।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको नेकपाले सहमति कार्यान्वयमा जोड दिँदै आएको छ ।