No Image Headlineदेश

माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी), महन्थ ठाकुरको पार्टीको नाम पनि फेरिने

Thrill Factory
Rungta Group

काठमाडौं- एमालेबाट विभाजित माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।

तर, अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डेलगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम प्रस्ताव गरेका हुन् ।

निर्वाचन आयोगक प्रवक्ता राजकुमार श्रेष्ठले पार्टीको नयाँ नामका लागि निवदेन दिएको बताए । उनले पार्टी दर्ताको प्रक्रिया पूरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने जानकारी दिए ।

यसैगरी महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

महन्थ ठाकुर पक्षले पार्टीको नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखेको छ । निर्वाचन आयोगको सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार मिल्दोजुल्दो नाम राख्न नमिल्ने भएका कारण दुबै दलले नयाँ नाम प्रस्ताव गरेका हुन् ।

अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button