No Image Headlineदेशमुख्य खबर

ठाकुर नेतृत्वको ‘जसपा लोकतान्त्रिक’ निर्वाचन आयोगमा दर्ता

Thrill Factory
Rungta Group

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी निर्वचन आयोगमा दर्ता भएको छ ।

महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा नेपाल (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ठाकुर पक्षले नयाँ दल दर्ता गरेको हो । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको जनाइएको छ ।

नव गठित पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए । ‘अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ अन्य पदाधिकारी तोकिएको छैन,’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button