खबर फटाफटदेशमुख्य खबर

ओली पथमा देउवा : सत्ता चलाउन अध्यादेशकै दाउ !

Thrill Factory
Rungta Group

काठमाडौं- संघीय संसदको दुबै अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चापछि नेकपा एमालेमा तरंगित बनेको छ ।

अधिवेशन अन्त्यको सूचना सार्वजनिक भएसँगै आफू निकटका नेताहरुसँग सोमबार राति नै छलफल गरेर पार्टी एकताका लागि एक जुट आह्वान गरेका ओलीले मंगलबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्ने जनाइएको छ ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल(खनाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टीका बैठक अघि बढाएको भन्दै नेपालसँग ओली सकारात्मक छैनन् ।

एमाले विवाद ‘वारपार’ नहुँदा माधव नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहाना पूरा हुन सकेको छैन ।

नेपाल पक्ष सरकारमा सहभागी हुन चाहे पनि मौजुदा कानुनी व्यवस्था बाधक भएको भन्दै सरकारमा जान सकिरहेको छैन । तर, दल विभाजनसम्बन्धी सहज व्यवस्थासहितको अध्यादेश आए नेपाल पक्ष नयाँ दल खोलेर सरकारमा जान तयार भएपछि देउवाले अध्यादेश ल्याउन लागेको चर्चा चुलिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button