No Image Headlineदेशमुख्य खबर

अफगानिस्तानबाट स्वदेश फर्किन १३४ जना नेपालीले मात्रै भरे विवरण

Thrill Factory
Rungta Group

काठमाडौं- तालिबानले अफगानिस्तान कब्जा गरेसँगै विदशी मुलुकले धमाधम आफ्ना नागरिक फर्काइरहेको छ ।

कावुलस्थित हमिद करजाई विमानस्थलका दृश्य कारूणिक छन् । विमानमै झुन्डिनेदेखि विमानबाट खसेर केहीको मृत्यु भएको सम्म खबर सार्वजनिक भएका छन् ।

नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण सङ्कलनको काम थालिएको छ । साथै उपलब्ध नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेकै दिन दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै घर फर्किने तयारी गर्न नेपालीहरुलाई आग्रह गरेको थियो ।

नेपाल फर्कनको लागि सम्बन्धित रोजगारदाता निकाय, सम्बद्ध नेपाली तथा अफगानी म्यानपावर कम्पनीहरुलाई सम्पर्क गरी कोरोना पीसीआर परीक्षणलगायत आवश्यक स्वास्थ्य परीक्षण गर्न र हवाइ टिकट बुकिङ गर्न एवम् आफ्नो विवरण कन्सुलर सेवा विभागको वेभपेजमा भर्न दूतावासले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button