No Image Headlineखबर फटाफटदेश

कोरोनाका सक्रिय संक्रमित ३६ हजारभन्दा बढी

Thrill Factory
Rungta Group

काठमाडौं- देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ पुगेको छ । हालसम्म ६ लाख ७१ हजार ८३ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ । सोमवार पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १० हजार ४४५ नमूनाको पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button