No Image Headlineखबर फटाफटदेशमुख्य खबर

एसईईको नतिजा सार्वजनिक

Thrill Factory
Rungta Group

काठमाडौँ– यो वर्षको कक्षा १० को एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो ।

शनिबारको बोर्ड बैठकले नतिजा प्रमाणिकरण गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए ।

उनका अनुसार बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई नै प्रमाणिकरण गर्ने काम गरेको छ ।

विद्यालयले मुल्यांकन गरेर सम्बन्धित जिल्ला शिक्षा विकास समन्वय इकाईमा पठाएको नतिजालाई नै प्रमाणिकरण गर्ने काम गरेको उनले बताए ।

उनले भने, ‘आआफ्ना विद्यार्थीको नतिजा सम्बन्धित विद्यालयलाई थाहा भएकाले सामान्य प्रमाणीकरण मात्र गरेका हौँ ।’

कुन विद्यार्थीले कति जीपिए ल्यायो भनेर विश्लेषण भने नगरेको उनले बताए ।

यो वर्षको एसईई परीक्षा दिन ५ लाख १७ हजारले आवेदन दिएका थिए ।

एसईई परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button