
काठमाडौं – नेपालमा विगत २४ घण्टामा ३ हजार ९३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा ११ हजार ८७० ओटा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ७ जना र ६ हजार ५३८ ओटा एन्टिजेन परीक्षणमा ९३१ जना गरी कुल ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।



उक्त अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १२ जना रहेको मन्त्रालयले बताएको छ । यसैगरी सो अवधिमा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।



मन्त्रालयका अनुसार नेपालमा योसहित कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । हालसम्म ६ लाख ६३ हजार ६६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
अहिले देशका विभिन्न अस्पतालमा कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३१ हजार १०८ जना होम आईसोलेशनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आईसोलेशनमा रहेका छन् ।