No Image Headlineदेशमुख्य खबर

१ हजार ५३५ जना निको हुँदा ४१०७ संक्रमित थपिए

Thrill Factory
Rungta Group

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ३५ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमूनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो ।

कुल १६ हजार २९८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ ।

यसैगरी, बुधवार १ हजार ५३५ जना निको भएसँगै हालसम्म ६ लाख ६१ हजार ६५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button