खबर फटाफटदेश

सोमबारदेखि मनसुन सक्रिय हुने

काठमाडौं- आउने सोमबार बेलुकादेखि मनसुन थप सक्रिय हुँदै जाने मौसमज्ञिहरुले बताएका छन् । सोमबार बेलुकादेखि विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ।

तर, आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् । पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ। तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन।

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button