No Image Headlineदेश

सकियो जसपा विवादको बहस, ११ गते दुवै पक्षलाई उपस्थित हुन निर्वाचन आयोगले आदेश दियो

Thrill Factory
Rungta Group

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकतासम्बन्धी चलिरहेको विवादबारे निर्वाचन आयोगमा दुबै पक्षको बहस बिहीबार सकिएको छ ।

साउन ३ गतेदेखि जारी बहस सकिएको हो । आयोगको इजलासमा पार्टीको आधिकारिकतामाथि दाबी गर्दै महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबाट बहस गरिएको थियो ।

निर्वाचन आयोग स्रोतले दिएको जानकारी अनुसार साउन ११ गते दुबै पक्षलाई सनाखतका लागि उपस्थित हुन आयोगले आदेश दिएको छ ।

पार्टीको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दर्ता गरेका थिए । त्यसलगत्तै अर्का अध्यक्ष महन्थ ठाकुरले दाबी पेश गरेका थिए ।

दुवै पक्षको दाबीपछि आयोगले विवादलाई टुंगो लगाउन इजलास गठन गरेको थियो । पहिलो चरणको बहस सकिएपछि आयोगले दुबै पक्षलाई आ–आफ्नो सक्कल प्रमाण पेश गर्न आदेश दिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button