No Image Headlineदेशमुख्य खबर

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : कुटपिट र अनसनदेखि राजीनामासम्म

काठमाडौं- केन्द्रीय महाधिवेशन नजिकिइहेका बेला नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद पेचिलो बन्दै गएको छ ।

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले यही विवादलाई लिएर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

अमरेशकुमार सिंह

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् ।

धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् । ‘कांग्रेसका कार्यकर्तालाई पाखा लगाएर ठेकदार र ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको भन्दै विरोध भएको छ ।

सर्लाहीका नेता कार्यकर्ता केही दिनदेखि पार्टी केन्द्रीय कार्यालय, सानेपामा धर्नामा छन् । बाराका नेता कार्यकर्ता १० दिनदेखि धर्नामा छन् । धनुषाका तीन नेता चार दिनदेखि आमरण अनसनमा छन् ।

केही दिनअघि नेपाली कांग्रेस सिन्धुपाल्चोकको क्रियाशील सदस्यता विवाद कुटपिटमा परिणत भएको थियो । असन्तुष्ट नेताहरुले केन्द्रीय सदस्य तथा छानविन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button