No Image Headlineदेशमुख्य खबरस्वास्थ्य/जिवनशैली

खुकुलो निषेधाज्ञामा घट्दो सतर्कता, बढ्दै कोरोना संक्रमण

२४ घण्टामा १ हजार ७ सय निको हुँदा करीब ३ हजार नयाँ संक्रमित थपिए

Thrill Factory
Rungta Group

काठमाडौं- सरकारले निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाइराख्दा स्वास्थ्य सतर्कतामा लापरवाही देखिएको छ । सर्वधारणले  लापरवाही गर्दा पछिल्ला दिनमा कोरोना संक्रमण र यसबाट मानवीय क्षति बढ्न थालेको छ ।

विज्ञहरुले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले त्यसअनुसार व्यवहार नगर्दा संक्रमण बढ्ने जोखिम कायमै रहेको छ । केही दिन घट्दोक्रमा देखिएको संक्रमण र मृत्युको संख्या पुनः उकालो लाग्न थालेको छ ।

विभिन्न जिल्लामा तेस्रो भेरियन्टका संक्रमित भेटिएका छन् । यो संक्रमणले बालबालिका र वृद्धबृद्धालाई बढी जोखिम बढाएको र तीव्र संक्रमण हुने स्वास्थ्य विज्ञहरुले बताएका छन् । तर, निषेधाज्ञा खुकुलो हुँदा कोरोना संक्रमण नै सकियो भने झै सावधानीका उपायलाई बेवास्ता गर्दा जोखिम बढेको डा. महेश्वरप्रसाद कुर्मी बताउँछन् ।

मास्क नलगाउने, हात धुने वानीलाई नअपनाउने, अनावश्यक भिडभाड र जमघटलाई निरन्तरता दिने जस्ता व्यवहारका कारण संक्रमण ह्वात्तै बढ्ने जोखिमप्रति उनीहरुको चिन्ता छ । सर्वसाधारणको दैनिकी सहज बनाउन निषेधाज्ञा खुकुलो पारिए पनि संक्रमणको जोखिम नघटेकाले व्यवहारमा सतर्कता अपनाउनुपर्ने डा. कुर्मीको भनाइ छ ।

अबका केही वर्ष कोरोना महामारी कुनै न कुनै रुपमा रहिरहने देखिएकाले स्वास्थ्य सतर्कता र सावधानीको विकल्प नभएको कुर्मीले बताए । पछिल्लो २४ घण्टामा मात्रै देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । १ हजार ७७५ जना निको भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । तीमध्ये ९ हजार ५०६ जनाको मृत्यु भएको छ भने ६ लाख २८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइलेसनमा रहेका छन् । यस्तै २ हजार ५५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५७८ जनाको आईसीयू र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा २१८, लुम्बिनीमा १०३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना संक्रमित थपिएका छन् ।

कहाँ कति संक्रमित ?

गत २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ५४१ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३४३, ललितपुरका १३६ र भक्तपुरका ६२ जना संक्रमित छन् ।

यस्तै सुनसरीमा २८४, मोरङमा २४६, झापामा १५१, चितवनमा ५७ र कैलालीमा ५१ जनामा संक्रमण देखिएको छ । मकवानपुरमा ४९, रुपन्देहीमा ४४, नवलपरासी पूर्वमा ४०, नुवाकोट र सुर्खेतमा ३५र३५, कञ्चनपुरमा २७ र उदयपुरमा २१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button