अन्तराष्ट्रिय

टिकटक र पब्जीमा प्रतिबन्ध लगाउन तालिबानको आदेश

तालिबानले भिडिओ शेअर गर्ने एप टिकटक र अनलाइन मल्टिप्लेअर गेम पब्जीमा प्रतिबन्ध लगाउन आदेश दिएको छ। टिकटक र पब्जीले अफगान युवाहरूलाई गलत दिशामा डोर्‍याएको तालिबानको आरोप छ।

उक्त लडाकु समूहले टेलिभिजनहरूलाई पनि अनैतिक सामग्री प्रसारणमा प्रतिबन्ध लगाउने बताएको छ। हालै सङ्गीत, चलचित्र र टेलिभिजन धारावाहिकमा प्रतिबन्ध लगाएको तालिबानले थप प्रतिबन्धहरूको घोषणा गरेको हो।

गत वर्ष सत्तामा पुगेपछि तालिबानले नरम नीति लिने वाचा गरेको थियो। तर सरकारमा पुगेपछि तालिबानले विशेष गरी महिलासहित नागरिकको स्वतन्त्रतामाथि नियन्त्रण बढाउँदै लगेको छ।

सन् १९९६ देखि २००१ सम्मको तालिबानको पहिलो शासनकालमा कठोर इस्लामिक कानुनहरू लागु गरिएको थियो। तालिबानका प्रवक्ता इनामुल्लाह समाङ्गनीले “युवाहरूलाई बहकाउबाट जोगाउन” पछिल्लो प्रतिबन्ध अत्यावश्यक रहेको बताए।

तर प्रतिबन्ध कहिलेबाट कार्यान्वयनमा आउँछ र कति समयका लागि कायम रहन्छ भन्ने अझै स्पष्ट छैन। गत अगस्टमा सत्तामा आएको तालिबानले कुनै एपमा प्रतिबन्ध लगाएको यो नै पहिलो घटना हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button