No Image Headlineदेश

मौसम पूर्वानुमान : सुदूरपश्चिम र कर्णालीमा वर्षा, भोलि देशभर पानी पर्ने

बुधबार देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बिहीबार पहाडी भूभाग तथा तराईका धेरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button