
सरकारले कोरोना संक्रमण पुष्टि भएको सात दिनसम्म आइसोलेसनमा बस्नुपर्ने भन्दै जारी गरेको आदेशलाई प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले उलंघन गरेपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइराखेको छ।
अघिल्लो दिन पार्टी सचिवालयले होम आइसोलेसनमा बसेको भन्दै विज्ञप्ति सार्वजनिक गर्ने र भोलिपल्ट अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि उनको आलोचना भएको हो।
माघ ९ गते कोरोना संक्रमण पुष्टि भएका ओली १२ गते युवा संघले घरै अगाडि गरेको कार्यक्रममा उपस्थित भएका हुन्। एमालेको युवा संघले माघ १२ गते ओली निवासन अगाडि गरेको कार्यक्रममा ओली उपस्थित भएको खबर सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको हो।


