खबर फटाफट

शेयर बजार परिसूचकमा नयाँ रेकर्ड

काठमाडौं – सेयर बजारको परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ । ४१ दिनअघिको उच्च अंकको रेकर्ड तोडेर नेप्से ५४.३ अंकले बढेर अहिलेसम्मकै उच्च अंक ३ हजार ५८ अंक कायम भएको छ।

यसअघि जेठ ३१ गते ३ हजार २६ अंकको रेकर्ड बनेको थियो। यस दिन कारोबार रकम पनि बढेको छ। यसअघि बिहीबार ११ अर्ब ११ करोडको कारोबार भएकोमा यस दिन १४ अर्ब ३० करोडको कारोबार भएको छ।

कारोबार रकमको पुरानो रेकर्ड भने तोडिएको छैन। यसअघि जेठ ३० गते १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको रेकर्ड छ।

बैंकिङ समूहको प्रभावकै कारण बजारमा ठूलो अंकको वृद्धि देखिएको हो। उच्च पुँजीकरणका कारण परिसूचक उतारचढावका लागि बैंकिङ समूहको प्रभाव बढी पर्ने गर्छ। सो समूह ७२ अंकले बढेको छ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button