No Image Headlineखबर फटाफटदेश

कोरोनाको तेस्रो लहर आउनसक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी, सतर्कता र पूर्वाधार चुस्त राख्न निर्देशन

Thrill Factory
Rungta Group

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरको चेतावनी दिएको छ।

मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्ड उल्लंघन भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयले अक्सिजन, शय्यालगायतका पूर्वाधारहरू तयारी अवस्थामा राख्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन पनि दिएको छ। संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने मन्त्रालयले बताएको छ ।

मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा अझै पनि पाँच सयभन्दा धेरै संक्रमित छन् । २६ जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button