No Image Headlineखेल संसारमुख्य खबर

यू १९ एसिया कप : अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपालको पहिलो जित

यूएईमा जारी यू-१९ एसिया कपको अन्तिम खेलमा नेपाली यू-१९ क्रिकेट टोलीले अफगानिस्तानलाई रोमाञ्चक खेलमा १ विकेटले हराउँदै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ।

अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दा ३५.४ ओभरमा १२३ रनमै समेटिएको थियो। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै युनिस ठकुरी र सन्तोष यादवले ३-३ विकेट तथा अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २-२ विकेट लिए। अफगानिस्तानका लागि फैसल खानले अर्धशतक बनाउँदै ५१ रनको योगदान दिए।

१२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीको प्रदर्शन दबाबयुक्त देखियो। नेपालले ८४ रनमा आठ विकेट गुमाइसकेको अवस्थामा हेमन्त धामी र नरेन साउदले सम्हालिएका थिए। दुवैले नवौँ विकेटका लागि ३१ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्‍याए। नरेनले सर्वाधिक २६ रन बनाए भने कप्तान हेमन्त २२ रनमा अविजित रहे।

नेपालले ४१ ओभर ३ बलमै लक्ष्य पूरा गर्दै प्रतियोगितामा सम्मानजनक जित हासिल गरेको हो। अफगानिस्तानका बलरमध्ये अल्लाह गजन्फर र खातिर स्टानिकजाईले समान ३-३ विकेट लिए।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रनले र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजय व्यहोरेको थियो। यस जितसँगै नेपाली टोलीले प्रतियोगिता सुखद अन्त्य गर्न सफल भएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button