No Image Headlineमुख्य खबरस्वास्थ्य/जिवनशैली

हैजालाई किन गरिबीको रोग भनिन्छ, यसबाट कसरी जोनिने ?

हैजा जीवाणु ब्याक्टेरियामार्फत् हुने एक किसिमको सङ्क्रमण हो। यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ। यो रोगको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले हैजालाई गरिबीको रोग भनी व्याख्या गरेको छ। यसले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ। अफ्रिका र एशियाका विभिन्न देश तथा क्यारिबीअन क्षेत्रको हेइटीमा बस्ने मानिसहरू यसबाट बढी प्रभावित भएको पाइएको छ।

डब्ल्यूएचओको अनुमानअनुसार प्रत्येक वर्ष यो रोगका करिब १३ देखि ४० लाख बिरामीहरू देखिन्छन् र विश्वभरि २१ हजारदेखि १४३,००० मानिसहरूको मृत्यु हुने गर्छ।

हैजा के कारण हुन्छ ?

भिब्रिओ कोलरी भनिने ब्याक्टेरियाका कारण हैजाको सङ्क्रमण हुन्छ। यसले सानो आन्द्रामा विषाक्त पदार्थ बनाउँछ, जसका कारण शरीरले धेरै मात्रामा पानी निकाल्छ। त्यसले गर्दा पखाला लाग्छ र गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ।

सङ्क्रमण भएको खास गरी १२ घण्टादेखि पाँच दिनभित्र लक्षण देखिन्छन्। यद्यपि डब्ल्यूएचओका अनुसार सङ्क्रमित ८० प्रतिशतभन्दा बढी मानिसमा लक्षण देखिँदैन।

लक्षण देखिने २० देखि ३० प्रतिशतमा भने केही दिनभित्रै पखाला लाग्ने र शरीरमा पानीको मात्रा असाध्यै कम हुने हुन्छ। यदि यसको उपचार नगरिए यसका कारण मानिसको मृत्यु नै हुन सक्छ।

लक्षणहरू केके हुन् ?

  • पखाला लाग्नु र सेतो पातलो दिसा हुनु (यसलाई ‘चौलानीजस्तो’ भनेर पनि व्याख्या गरिन्छ)
  • बिरामी हुनु वा बिरामी भएको जस्तो महसुस हुनु (घण्टौँसम्म बान्ता हुनु, खास गरी सङ्क्रमणको प्रारम्भिक चरणमै हुने गर्छ)
  • पेट दुख्नु
  • खुट्टा दुख्नु

लक्षण देखिएको केही घण्टाभित्र नै शरीरमा पानीको कमी हुन्छ र त्यो सामान्यदेखि गम्भीर अवस्थामा पुग्छ। शरीरमा पानी कम हुनुको सङ्केतहरूमा थकान, गाडिएका आँखा, सुख्खा मुख, एकदमै प्यास लाग्नु, छाला सुख्खा हुनु, पिसाब नलाग्नु, रक्तचाप कम हुनु र अनियमित मुटुको धड्कन पर्छन्।

लक्षण देखिएको केही घण्टाभित्र नै शरीरमा पानीको कमी हुन्छ र त्यो सामान्यदेखि गम्भीर अवस्थामा पुग्छ। शरीरमा पानी कम हुनुको सङ्केतहरूमा थकान, गाडिएका आँखा, सुख्खा मुख, एकदमै प्यास लाग्नु, छाला सुख्खा हुनु, पिसाब नलाग्नु, रक्तचाप कम हुनु र अनियमित मुटुको धड्कन पर्छन्। शरीरमा पानी कम हुँदा त्यसले रगतमा खनिज पदार्थ एकदमै कम भएर जान्छ। यसलाई ुइलेक्ट्रलाइट असन्तुलनु भन्छन्।

हैजा कसरी फैलिन्छ ?

भिब्रिओ कोलरी नामक जीवाणुका कारण दूषित भएको खाना खाए वा पानी पिए हैजा लाग्छ। लक्षण नदेखिने बिरामीहरूले अरूलाई सङ्क्रमित गर्ने जोखिम उच्च रहन्छ किनभने उनीहरूले आफू सङ्क्रमित भएको एकदेखि १० दिनसम्म दिसाबाट अरूमा जीवाणु सार्न सक्छ्न।

लक्षण नदेखिएका बिरामीहरूले पनि जीवाणुलाई खुल्ला शौच हुने क्षेत्रबाट अन्य व्यक्तिमा सार्न सक्छन् किनभने त्यहाँ सरसफाइका उपाय अनि सफा पानीको पहुँच त्यति हुँदैन। विश्व स्वास्थ्य सङ्गठनले त्यसरी सङ्क्रमित व्यक्तिको दिसा वा बान्ताबाट आफूलाई हैजा सर्ला भनेर सचेत हुनुपर्ने बताएको छ। त्यसबाहेक हैजाका कारण मृत्यु भएको शरीरबाट पनि जोगिनुपर्ने जनाएको छ।

  • सङ्क्रमणबाट कसरी जोगाउन सक्नुहुन्छरु
  • खास गरी शौचालय गएपछि र खाना पकाउनु तथा खाना खानुअगाडि साबुनपानीले निरन्तर हात धुनुपर्छ।
  • सफा पानी मात्रै पिउनुहोस्, अनि सम्भव भएसम्म उमालेको पानी पिउनुहोस्।
  • दाँत माझ्दा पनि खानेपानी प्रयोग गर्नुहोस्।
  • नपाकेको फल वा नपकाइएको तरकारी नखानुहोस्। खानेपानीले त्यसलाई राम्ररी पखाल्ने गर्नुहोस्।
  • सीफूड नखानुहोस्।
  • पानीमा बरफ नहाल्नुहोस्।

केरा, सुन्तला र आभकाडोजस्ता फलफूल खाँदा आफैँले त्यसको बोक्रा छोडाउनुस्। बेरी वा अङ्गुरजस्ता बोक्रा नभएका फलफूल र सलादहरू पनि नखानुहोस्।

हैजाको उपचार सहजै गर्न सकिन्छ। ओआरएस अर्थात् जीवनजललगायतका पदार्थ पिएर शरीरमा पानीको मात्रा बढाउनुपर्छ। डब्ल्यूएचओको मापदण्डअनुसार ओआरएसको एउटा प्याकेटमा भएको पाउडरलाई एक लिटर सफा पानीमा मिसाउनुपर्छ।

उसका अनुसार ओआरएस स्वास्थ्यकर्मीबाट लिन सकिन्छ वा घरमै पनि नुन र चिनी मिसाएर बनाउन सकिन्छ। त्यसरी घरमा बनाउँदा एक लिटर पानीमा छ चिया चम्चा चिनी र एक चम्चा नुन मिसाएर बनाउनुपर्छ।

वयस्कलाई मध्यम स्तरमा शरीरमा पानीको कमी हुँदा पहिलो दिनमा छ लिटरसम्म जीवनजल चाहिन सक्छ। केही बिरामीलाई भने इन्ट्राभीनस रिहाइड्रेशनजस्तो थप उपचार पनि आवश्यक पर्न सक्छ।

पखालाको अवधि घटाउनका लागि बिरामीलाई उचित खालको एन्टिबायोटिक औषधि पनि दिइन्छ, जसले गर्दा पानीको आवश्यकतासँगै हैजा सङ्क्रमण गराउने ब्याक्टेरियाको मात्रा र अवधि कम हुन्छ।

उचित स्याहार गर्दा धेरै मानिसहरू हैजाबाट छिट्टै निको हुन्छन् र उपचार गर्न गएकाहरू पनि तीन दिनभित्रै अस्पतालबाट उपचार गरेर घर जान पाउँछन्।

डब्ल्यूएचओ र युनिसेफको एक संयुक्त प्रतिवेदनले सन् २०२२ मा यस्तो अनुमान गरेको थियो ?

  • विश्वभरिमा २.२ अर्ब मानिसहरूका लागि अझै पनि सुरक्षित र पिउनयोग्य पानी आफ्नो घरमा उपलब्ध छैन
  • त्यसै गरी ३.५ अर्ब मानिसहरूको अझै पनि व्यवस्थित शौचालयमा पहुँच छैन। त्यसमध्ये ४१ करोड भन्दा बढी मानिसहरू त खुल्ला क्षेत्रमै शौच गर्छन्।
  • दुई अर्ब मानिसहरूको घरमा साबुन पानीले हात धुनेजस्ता आधारभूत सरसफाइको सुविधा छैन।

सन् २०१७ को अक्टोबरमा ५० भन्दा बढी संस्थाहरूको साझेदारी रहेको ग्लोबल टास्क फोर्स अन कोलेरा कन्ट्रोल जीटीएफसीसीले हैजा नियन्त्रणसम्बन्धी रणनीति ल्याएको थियो।

उक्त समूहले हैजाका कारण हुने मृत्यु ९० प्रतिशतले कम गर्ने र सन् २०३० सम्ममा २० वटा देशहरूमा हैजा उन्मूलन गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button