अन्तराष्ट्रिय

रुसी आक्रमणमा युक्रेनको उर्जा केन्द्र ध्वस्त

रुसी सेनाले गरेको हवाई आक्रमणमा युक्रेनको राजधानी किएभनजिकै अवस्थित एउटा ठूलो ऊर्जा केन्द्र पूर्ण रूपमा ध्वस्त भएको ऊर्जा कम्पनी सेन्त्रेनेर्गोले जनाएको छ।

अधिकारीहरूका अनुसार ट्रिपील्या पावर प्लान्टुबाट किएभसहित तीनवटा क्षेत्रमा विद्युत् आपूर्ति हुन्थ्यो। यहाँ भएको विनाश भयावह छ, सेन्त्रेनेर्गोका अध्यक्ष एन्द्री होताले भने।

रुसले युद्ध सुरु भएयता सुनियोजित रूपमा युक्रेनी ऊर्जा प्रणालीलाई निसाना बनाउँदै आएको छ। होताले दिएको जानकारीअनुसार बिहीवार बिहानको हमलामा उक्त ऊर्जा केन्द्रका ट्रान्सफर्मर, टर्बाइन र जेनरेटरहरू ध्वस्त भएका छन्।

उनले रुसी पक्षले ती उपकरणलाई शतप्रतिशत नष्ट गरिदिएको बताए। उक्त केन्द्र राजधानी किएभबाट ५० किलोमिटर दक्षिणमा छ। हवाई आक्रमणपछि केन्द्रको टर्बाइन वर्कशपमा आगलागी पनि भएको थियो।

उक्त कम्पनीका प्रमुखले ऊर्जा केन्द्रमा कैयौँ क्षैप्यास्त्र प्रहार भएको बताए। उनका अनुसार त्यहाँ कार्यरत कर्मचारीहरू ड्रोन प्रहार हुनेबित्तिकै भागेर सुरक्षित स्थानमा लुक्न गएका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button