No Image Headlineदेशमुख्य खबर

सरकारले किन रोकेको थियो दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन ?

सर्वोच्च अदालतले दुर्गा प्रसाईँको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमवार आदेश दिएको छ। उनले लामो समयदेखि झापामा स्थापित बी एन्ड सी मेडिकल कलेजमा चिकित्साशास्त्र अध्यापन गर्न विश्वविद्यालयको सम्बन्धन माग्दै आएका थिए।

दुर्गा प्रसाईँको निवेदन मागबमोजिम रिट जारी हुने ठहर भएको छ, अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने। फैसलाको पूर्णपाठ आउन भने बाँकी छ।

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन माग गरिएको मुद्दामा न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आदेश दिएको हो। यसअघि उनको मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा गोविन्द केसीले आमरण अनशन गर्दै आएका थिए।

तर प्रसाईँले आफूले सरकारी आशयपत्रबमोजिम काम गरेको भए पनि कलेज सञ्चालन गर्न नपाएको भन्दै चिकित्सा शिक्षा आयोग र काठमार्डाैं विश्वविद्यालयसहित विभिन्न निकायलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका थिए।

विसं २०६८ सालमा शिक्षा मन्त्रालयबाट मनसायपत्र प्राप्त गरेको भए पनि उक्त मेडिकल कलेज सञ्चालनमा भने आएको थिएन। उनले २०७७ साल असारमा रिट निवेदन दर्ता गराएका थिए।

तर रिट निवेदन दर्ता गर्नुपूर्व २०७४ सालमै प्रसाईले मनसायपत्र नवीकरण गराएका थिएनन्। बेलाबेलामा विवादमा परिरहने व्यवसायी दुर्गा प्रसाईँ कुनै बेला नेकपा एमालेका केन्द्रीय सदस्य थिए।

पहिला वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकट मानिएका उनी हाल राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाभियानको नेतृत्व गरिरहेका छन्।

उनको अभियानले केही प्रकृतिका ऋण मिनाहा, देशभित्र रोजगारी सिर्जना लगायतका माग अगाडि सार्दै आएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button