खबर फटाफटदेशमुख्य खबर

आजको मौसम : मनसुनी वायुको प्रभाव कमजोर हुँदै, यी स्थानमा भैरहेको छ वर्षा

मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ।

गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार आज राती कोशी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ।

लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button