डाक्टरको अस्पष्ट प्रेस्क्रिप्सनले जाँदै बिरामीको ज्यान, अदालतले दियो यस्तो आदेश
अस्पष्ट हस्तलेखनमा लेखिएको प्रेस्क्रिप्सन अब मौलिक अधिकारको सवाल

पञ्जाब र हरियाणा उच्च अदालतले डाक्टरहरूको अस्पष्ट हस्तलेखनलाई जीवन–मृत्युसँग जोडिएको मुद्दा बताउँदै ‘पढ्न सकिने चिकित्सा प्रेस्क्रिप्सन’ बिरामीको मौलिक अधिकार भएको निर्णय दिएको छ।



शहरका ठूला अस्पतालहरूमा प्रिन्टेड वा डिजिटल प्रेस्क्रिप्सनको अभ्यास बढ्दो क्रममा छ तर गाउँ र साना शहरहरूमा अझै हस्तलिखित अस्पष्ट लेखाइको समस्या सामान्य छ। अदालतको आदेशले अब यो प्रवृत्ति नियन्त्रण गर्ने र बिरामीलाई सुरक्षित स्वास्थ्य सेवा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।



अदालतको आदेश एउटा बलात्कार, धोखाधडी र जालसाजीसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा आएको हो। सुनुवाइका क्रममा सरकारी डाशहरका ठूला अस्पतालहरूमा प्रिन्टेड वा डिजिटल प्रेस्क्रिप्सनको अभ्यास बढ्दो क्रममा छ तर गाउँ र साना शहरहरूमा अझै हस्तलिखित अस्पष्ट लेखाइको समस्या सामान्य छ।



अदालतको आदेशले अब यो प्रवृत्ति नियन्त्रण गर्ने र बिरामीलाई सुरक्षित स्वास्थ्य सेवा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।क्टरले तयार पारेको रिपोर्ट न्यायाधीश जसगुरप्रीत सिंह पुरीले पढ्नै नसकेपछि अदालतले यो संवेदनशील विषयमा आदेश जारी गरेको हो।
न्यायाधीश पुरीले आफ्नो आदेशमा लेखेका छन्, “यसले अदालतको अन्तस्करणलाई हल्लायो, किनभने रिपोर्टमा एउटा शब्द वा अक्षर समेत पढ्न सकिएन।”
अदालतले सरकारलाई चिकित्सा शिक्षामा हस्तलेखनसम्बन्धी पाठ्यक्रम समावेश गर्न र दुई वर्षभित्र डिजिटल प्रेस्क्रिप्सन प्रणालीमा रूपान्तरण गर्न निर्देशन दिएको छ। त्यस अवधिसम्म सबै चिकित्सकलाई प्रेस्क्रिप्सन क्यापिटल अक्षरमा लेख्नुपर्ने व्यवस्था गर्ने आदेश पनि जारी गरिएको छ।
चिकित्सकहरूको प्रतिक्रिया
इन्डियन मेडिकल एसोसिएसन (आईएमए) का अध्यक्ष डा. दिलीप भानुशालीले अदालतको आदेशलाई सकारात्मक लिँदै समस्याको समाधान खोज्न संस्था तयार रहेको बताए। उनका अनुसार शहरी क्षेत्रमा डिजिटल प्रेस्क्रिप्सन सुरु भए पनि ग्रामीण क्षेत्रका बिरामी अझै अस्पष्ट हस्तलेखनका कारण समस्यामा पर्ने गरेका छन्।
“अधिकांश सरकारी चिकित्सकहरू दिनमा दर्जनौँ बिरामी जाँच्नुपर्ने भएकाले स्पष्ट अक्षरमा प्रेस्क्रिप्सन लेख्न कठिन हुन्छ,” भानुशालीले भने।
विगतका आदेश र चेतावनीहरू
यो पहिलोपटक मात्र होइन, यसअघि पनि भारतका विभिन्न उच्च अदालतहरूले डाक्टरहरूको ‘नबुझिने घुमाउरो लेखाइ’प्रति असन्तुष्टि जनाएका थिए। मेडिकल काउन्सिल अफ इन्डियाले २०१६ मै सबै चिकित्सकलाई जेनेरिक नामका औषधिहरू ठूला अक्षरमा लेख्न आदेश दिएको थियो। २०२० मा तत्कालीन स्वास्थ्य मन्त्रीले आदेश उल्लङ्घन गर्ने चिकित्सकविरुद्ध कारबाही गर्न सकिने बताएका थिए। तर अझैसम्म धेरै ठाउँमा अस्पष्ट हस्तलिखित प्रेस्क्रिप्सनको समस्या यथावत छ।
घातक नतिजा
अध्ययनहरूले स्पष्ट देखाएको छ कि गलत व्याख्या हुने प्रेस्क्रिप्सनले गम्भीर दुर्घटना निम्त्याउन सक्छ। अमेरिकी संस्थान इन्स्टिट्यूट अफ मेडिसिन को सन् १९९९ को प्रतिवेदनअनुसार, अमेरिकामा मात्र अस्पष्ट हस्तलेखनका कारण वार्षिक झण्डै ७,००० मृत्यु भएका थिए।
यस्तै, बेलायतमा पनि गलत औषधि दिने घटनाले बिरामीको जीवन संकटमा पारेका उदाहरण छन्। स्कटल्यान्डमा हालै सुक्खा आँखाको औषधि दिनुपर्ने बिरामीलाई ‘इरेक्टाइल डिसफङ्क्शन’ क्रीम दिइएको घटना चर्चामा आएको थियो।
भारतमा यस्ता घटनाको आधिकारिक तथ्याङ्क नभए पनि विगतमा गलत औषधि वितरणकै कारण बिरामीको मृत्यु भएका घटनाहरू सार्वजनिक भएका छन्।