अन्तराष्ट्रिययस्तो पनि

बेलायतका प्रिन्स विलियमले राजतन्त्रमा कस्तो परिवर्तन ल्याउन चाहेका हुन् ?

ब्रिटेनका प्रिन्स अफ वेल्स, राजकुमार विलियमले आफू राजा बनेपछि राजतन्त्रमा परिवर्तन ल्याउने संकेत गरेका छन्। दरबार स्रोतका अनुसार यो उनको अहिलेसम्मकै खुला र स्पष्ट अभिव्यक्ति मानिएको छ।

द एपल टीभी प्लस शो द रिलक्टन्ट ट्राभलर मा अभिनेता यूजीन लेवीसँगको अन्तर्वार्तामा राजकुमार विलियमले आफ्नो भावी भूमिकाबारे खुलस्त कुरा गरेका हुन्। राजाको रूपमा के–कस्तो दृष्टिकोण राख्ने भन्ने प्रश्नमा उनले भने, “मेरो विचारमा परिवर्तन मेरो अजेन्डामध्ये एक हो भन्नु सुरक्षित नै हुन्छ होला। राम्रोका लागि परिवर्तन, र म त्यसलाई स्वीकार गर्छु। म परिवर्तनमा खुशी हुन्छु, मलाई त्यसबारे डर लाग्दैन। धेरै क्रान्तिकारी होइन, तर आवश्यक ठानेका केही परिवर्तन गर्ने सोचले मलाई उत्साही बनाउँछ।”

अन्तर्वार्ता स्थलमा विलियम इलेक्ट्रिक स्कूटर चढेर पुगेका थिए। उनले उक्त स्कूटर क्यासलको चउरमा पनि चलाउने गरेको बताएका थिए।

परिवार र इतिहासबारे विचार

विलियमले लोकप्रिय अमेरिकन पाइ फिल्म श्रृंखलाका प्रशंसक रहेको बताए, जसमा अभिनेता लेवीले लामो समयसम्म बाबुको भूमिका निर्वाह गरेका थिए। क्यासलका भव्य कक्षहरू देखाउँदा उनले आफ्नो परिवार र राजपरम्पराबारे पनि विचार व्यक्त गरे।

उनको भनाइमा, “यदि तपाईं सावधान हुनुहुन्न भने इतिहास तपाईंका लागि बोझ बन्न सक्छ। त्यसले तपाईंलाई उकुसमुकुस गराउन सक्छ र धेरै कुरामा प्रतिबन्धित बनाइदिन सक्छ। मलाई लाग्छ वर्तमानमा जिउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”

राजकुमार विलियमको यो स्पष्ट वक्तव्यलाई बेलायती राजतन्त्रको भविष्यप्रति उनी कसरी तयार भइरहेका छन् भन्ने संकेतका रूपमा लिइएको छ। बीबीसीको रिपोर्टमा आधारित

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button