अन्तराष्ट्रिय

युकेले प्यालेस्टाइनलाई राज्यको मान्यता दियो, मध्यपूर्व शान्तिका लागि ‘दुई-राज्य समाधान’मा जोड

बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले युके सरकारले प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यका रूपमा मान्यता दिएको घोषणा गरेका छन्। यसलाई बेलायतको मध्यपूर्व नीतिमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

स्टार्मरले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक गरिएको भिडियो सन्देशमा भने, “मध्यपूर्वको बढ्दो भयावह अवस्थाबीच हामी शान्ति र दुई-राज्य समाधानको सम्भावनालाई जीवित राख्न काम गरिरहेका छौँ।”

यससँगै अस्ट्रेलिया, क्यानडा र पोर्चुगलले पनि प्यालेस्टाइनलाई राज्यका रूपमा मान्यता दिने घोषणा गरेका छन्। फ्रान्सले समेत चाँडै त्यस्तै कदम चाल्ने अपेक्षा गरिएको छ।

तर इजरेली पक्षले यस निर्णयको कडा विरोध गरेको छ। गाजामा बन्धक बनाइएका नागरिकका परिवार र केही कन्जर्भेटिभ नेताहरूले बेलायतको कदमलाई आलोचना गरेका छन्। इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने, “प्यालेस्टिनी राज्य कहिल्यै बन्ने छैन,” भन्दै कडा आपत्ति जनाएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button