यस्तो पनि

पूर्वश्रीमतिलाई अश्लिल म्यासेज पठाउने पक्राउ

पूर्व श्रीमतीलाई सामाजिक सञ्जाल फेसबुक मेसेन्जर र ह्वाट्सएपमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाएको अभियोगमा एक पुरुषविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दा दायर गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो ।

साइबर ब्युरोमा दिइएको जाहेरीका अनुसार पीडित (नाम गोप्य) लाई उनका पूर्व श्रीमान् दिलिपकुमार कार्कीले फेसबुक मेसेन्जर र ह्वाट्सएपमार्फत निरन्तर अश्लील शब्द प्रयोग गर्दै मेसेज र तस्बिरहरू पठाएका थिए । पीडितले यस्ता कार्यबाट मानसिक तनाव, हैरानी र सामाजिक अपमान भोग्नुपरेको उल्लेख गरेकी छन् । उनले कार्कीविरुद्ध कानुनी कारबाही र क्षतिपूर्तिको माग गरेकी छन् ।

सोलुखुम्बु स्थायी घर भई हाल काठमाडौँ-११, पुरानो बानेश्वर बसोबास गर्दै आएका कार्कीलाई प्रहरीले ३ असारमा पक्राउ गरिसकेको छ । सोमबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

बयानका क्रममा कार्कीले करिब २१ वर्षअघि प्रेम विवाह गरेको र एक छोरीसमेत रहेको बताएका छन् । यद्यपि, विवाह कानुनी रूपमा दर्ता नभएको र करिब पाँच वर्षअघि मौखिक रूपमा सम्बन्धविच्छेद भएको उनी बताउँछन् । कार्कीका अनुसार पूर्व श्रीमतीले सम्बन्धविच्छेदको कुरा पछि मात्र जानकारी गराएकी थिइन् ।

कार्कीले छोरीको अंशसम्बन्धी विषयमा विवाद हुँदा पूर्व श्रीमतीसँग फेसबुकमार्फत कुराकानी भइरहने गरेको बताएका छन् । उनको दाबी अनुसार, छोरीको जिम्मेवारी र अंश दिन तयार भए पनि आफूलाई निरन्तर अश्लील गाली गरेको भन्दै रिसको आवेगमा आफूले आपत्तिजनक मेसेज र तस्बिर पठाएको स्वीकार गरेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button