No Image Headlineअर्थस्वास्थ्य/जिवनशैली

इन्जेक्टएबल औषधी उत्पादनको तयारीमा म्याग्नस फर्मास्युटिकल्स

नेपालमा वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढीको इन्जेक्टएबल औषधी आयात

बारा–पर्सा औद्योगिक करिडोरस्थित म्याग्नस फर्मास्युटिकल्सले आगामी बैशाखदेखि इन्जेक्टएबल औषधी उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ।

कम्पनीका प्रबन्ध निर्देशक सुधीरप्रकाश मास्केले वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनका अनुसार नेपालमा वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढीको इन्जेक्टएबल औषधी आयात हुने गरेको छ। हाल नेपालमा उपलब्ध इन्जेक्टएबल औषधीमध्ये करिब ९० प्रतिशत बजार हिस्सा आयातित औषधीले ओगटेको उनले उल्लेख गरे।

‘नेपालको औषधी बजार करिब ६० अर्ब रुपैयाँको रहेको छ, जसमा ३० अर्ब रुपैयाँ बराबरको औषधी आयात हुन्छ। तीमध्ये १८ अर्बभन्दा बढीको मात्र इन्जेक्टएबल औषधी हुन्छ,’ मास्केले बताए।

नेपालमा हाल ७६ औषधी उद्योग सञ्चालनमा रहेका छन्, जसमा केवल ४ उद्योगले मात्र इन्जेक्टएबल औषधी उत्पादन गर्दै आएको जानकारी उनले दिए। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न म्याग्नसले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरस्थित उद्योगमा १ अर्ब रुपैयाँ लगानीमा नयाँ इन्जेक्टएबल प्लान्ट स्थापना गरेको छ।

कम्पनीका वित्तीय निर्देशक विनित लोहियाका अनुसार नयाँ प्लान्टबाट बैशाखदेखि उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button