No Image Headlineखबर फटाफटस्वास्थ्य/जिवनशैली

अनुहार हेरेर पत्ता लगाउन सकिन्छ ५ रोग, केके हुन् ?

मानिसलाई लाग्ने रोगहरूका अनेक लक्षण हुन्छन् । कुनैका लक्षण आँखा, अनुहारमा, शरीरका अन्य भागमा देखिन्छन् । यदि रोगले समातेको चाँडै थाहा भएमा उपचार सजिलो हुन्छ। ढिलो पत्ता नलागेमा रोग गम्भीर बन्दै गएर निको हुन गाह्रो हुन सक्छ। हरेक रोगका विशेष लक्षण हुन्छन्, जसलाई शरीरले थाहा दिइरहेको हुन्छ । कहिलेकाहीँ तिनीहरू तपाईंको हातमा देखा पर्दछन्, कहिले खुट्टा त कहिले अनुहारमा ।

भारतीय प्रतिष्ठित अनलाइन नवभारत टाइम्समा उल्लेख भएअनुसार तपाईंको अनुहारले पाँच रोगबारे बताउन सक्छ । न्यूरोलोजिस्ट डा. प्रियंका शेरावतले ५ लक्षणबारे बताएकी छन् । रोगको शंका भएमा कुन–कुन परीक्षण गर्नुपर्ने पनि उनले बताएकी छन् । यी लक्षणहरू पहिचान गरेमा समस्यालाई समयमै पत्ता लगाएर उपचार सजिलो हुन्छ।

अनुहार पहेँलो हुनु

पहेँलो अनुहार एनिमियाको लक्षण हुन सक्छ । यस्ता व्यक्तिले आइरन लेभल टेस्ट गराउनुपर्छ । तिनीहरूमा हेमोग्लोबिनको कमी हुन सक्छ । यस्ता व्यक्तिलाई डाक्टरले आइरन बढाउने खानेकुरा खान सल्लाह दिन सक्छन् ।

आँखा पहेँलो हुनु

यो जन्डिसको लक्षण हुन सक्छ । यस्ता व्यक्तिले कलेजोको कार्य परीक्षण गराउनुपर्छ । यो समस्याका लागि ग्यास्ट्रोएन्टेरोलोजिस्टसँग सम्पर्क गर्नु उचित हुन्छ ।

हाइपरपिग्मेन्ट अनुहार

यदि अनुहार वा औँला जोर्नीहरूमा हाइपर पिग्मेन्टेसन छ भने यो भिटामिन बी१२ को कमीका कारण हुन सक्छ । यसलाई सामान्य भाषामा धब्बाहरू (फ्रेकल्स) पनि भनिन्छ । यो पौष्टिक तत्त्व शाकाहारी खानामा कम हुने भएकाले शाकाहारी मानिसमा यसको कमी हुने खतरा हुन्छ ।

एंगुलर किलाइटिस

भिटामिन बी१ र बी२ को कमीले यो रोग लाग्न सक्छ । यसबाट बच्न दैनिक आहारमा नट र बीउ र हरियो सागसब्जी समावेश गर्नुहोस् । ध्यान राख्नुहोस् कि आहार सधैँ सन्तुलित हुनुपर्छ ।

अनुहार चाउरिनु, झोलिनु

यदि तपाईंको अनुहारको एक छेउको मांसपेशीहरू चाउरिएमा वा झोलिएमा यो पक्षाघातको कारण हुन सक्छ । भाइरल जोस्टर संक्रमण यसको पछाडिको कारण हुन सक्छ । यस अवस्थामा, एक न्यूरोलोजिस्टलाई सकेसम्म चाँडो सम्पर्क गर्नुपर्छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button