No Image Headlineखेल संसार

नेपाल प्रिमियर लिग : ८ टीममा विदेशी खेलाडीको आकर्षण

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आठ टिमले रोमाञ्चक प्रतिस्पर्धा गरिरहेका छन्। यी टिमहरू हुन्: काठमाडौं गुर्खाज, विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स। प्रतियोगितालाई थप रोमाञ्चक बनाउन टिमहरूले विभिन्न विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन्। नियमअनुसार, एक खेलमा चारजना विदेशी खेलाडीले मात्र खेल्न पाउने प्रावधान छ।

सबैभन्दा धेरै विदेशी खेलाडी अनुबन्ध गर्ने टिमहरू
जनकपुर बोल्टस् र पोखरा एभेन्जर्सले सबैभन्दा बढी ६/६ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन्।

जनकपुर बोल्टस्:

  • जेम्स नीशम (न्युजिल्यान्ड)
  • जोशुआ ट्रोम्प, मोहम्मद मोहसिन, लाहिरू मिलन्था (अमेरिका)
  • बेन माइक (इङ्ल्यान्ड)
  • हर्श थाकर (क्यानडा)

पोखरा एभेन्जर्स:

  • बास दे लीडे (नेदरल्यान्ड)
  • रेमन रिफर (वेस्टइन्डिज)
  • म्याथ्यु क्रिचली, जेन मलिक (इङ्ल्यान्ड)
  • माइकल लिस्क (स्कटल्यान्ड)
  • एन्ड्रिज गौस (अमेरिका)

काठमाडौं गुर्खाज, विराटनगर किङ्ग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले पाँच/पाँच जना विदेशी खेलाडी अनुबन्ध गरेका छन्।

काठमाडौं गुर्खाज:

  • माइलक लिभर्ट (नेदरल्यान्ड)
  • स्टिफन एस्किनाजी, डान डौथवेट, नथान सोटर (इङ्ल्यान्ड)
  • गेर्हार्ड इरास्मस (नामिबिया)

विराटनगर किङ्ग्स:

  • क्रिस सोल (स्कटल्यान्ड)
  • मार्टिन गुप्टिल (न्युजिल्यान्ड)
  • निकोलस किर्टोन (क्यानाडा)
  • आकिब इलियास (पाकिस्तान)
  • इस्मत अलाम (अफगानिस्तान)

चितवन राइनोज:

  • रवि बोपारा, लुक बेन्केस्स्टाइन (इङ्ल्यान्ड)
  • हसन इसाखाइल (अफगानिस्तान)
  • जान निकोल लोफ्टी इटन (नामिबिया)
  • सोहल तनवीर (पाकिस्तान)

लुम्बिनी लायन्स:

  • टम मूर्स (इङ्ल्यान्ड)
  • बेन कटिङ (अस्ट्रेलिया)
  • साद बिन जफर (क्यानडा)
  • उन्मुक्त चन्द (अमेरिका)
  • रामोन सिमन्ड्स (वेस्टइन्डिज)

कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले चार/चार जना विदेशी खेलाडी अनुबन्ध गरेका छन्।

कर्णाली याक्स:

  • बाबर हयात (हङकङ)
  • चाडविक वाल्टन (वेस्टइन्डिज)
  • जिशान मकसूद (ओमान)
  • शिखर धवन (भारत)

सुदूरपश्चिम रोयल्स:

  • सैफ जाइब (इङ्ल्यान्ड)
  • स्कट कुग्गेलिजन (न्यूजिल्यान्ड)
  • ब्रान्डन म्यामुल्लेन (स्कटल्यान्ड)
  • रोहन मुस्तफा (यूएई)

एनपीएलको यस संस्करणले नेपाली क्रिकेटप्रेमीहरूलाई अन्तर्राष्ट्रिय खेलाडीहरूका साथ रोमाञ्चक क्षणहरू उपलब्ध गराउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button