No Image Headlineस्वास्थ्य/जिवनशैली

विश्वभर करिब ४ करोड मानिस एचआईभी संक्रमित, न्यूनीकरणमा प्रगति भए पनि जोखिम कायम

विश्वभर एचआईभीका कारण हुने नयाँ सङ्क्रमण र मृत्यु दरमा उल्लेखनीय कमी आए पनि एड्सलाई सार्वजनिक स्वास्थ्य खतराबाट हटाउन विश्व अझै पछि रहेको संयुक्त राष्ट्रसंघीय कार्यक्रम यूएनएड्सले चेतावनी दिएको छ।

यूएनएड्सका अनुसार हाल विश्वभर ३.९९ करोड मानिस एचआईभीबाट संक्रमित छन्। तीमध्ये करिब आधाजति दक्षिणी र पूर्वी अफ्रिकामा छन्। सन् २०१० यता एचआईभीको नयाँ सङ्क्रमण ३९ प्रतिशतले घटेको छ भने एड्सका कारण हुने मृत्युको संख्या आधा घटेको छ।

नेपालसहितका केही देशमा महत्वपूर्ण प्रगति

नेपालले सन् २०१० यता एचआईभी सङ्क्रमण दर ७५ प्रतिशतले घटाउन सफल भएको छ। केन्या, मलावी र जिम्बावे पनि यसैगरी सफल भएका देशहरूमा पर्छन्। सब-सहारा अफ्रिकाले एड्सविरुद्धको लडाइँमा नेतृत्व गरिरहेको छ, जसमा लेसोथो, एस्वातिनी, इथिओपिया, रवान्डा, बोत्स्वाना, र अन्य देशहरूले वार्षिक सङ्क्रमणदर ६० प्रतिशतले घटाएका छन्।

अर्कोतर्फ, अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुआ न्यूगिनी र साउदी अरबजस्ता देशमा भने सन् २०१० देखि २०२३ बीचमा एचआईभी सङ्क्रमण १०० प्रतिशतले बढेको छ। यद्यपि यी देशहरूमा कुल जनसङ्ख्याको तुलनामा सङ्क्रमितको संख्या अझै कम छ।

उपचारमा सुधार र औसत आयुमा वृद्धि

एचआईभी सङ्क्रमितहरूमध्ये ७७ प्रतिशतले वैकल्पिक थेरापीको उपचार लिइरहेका छन्। सब-सहारा अफ्रिकामा यो दर ८२ प्रतिशत छ। औसत आयुमा पनि सुधार आएको छ। सन् २०१० मा ५६ वर्ष रहेको औसत आयु सन् २०२३ मा ६१ वर्ष पुगेको छ।

यूएनएड्सकी उपकार्यकारी निर्देशक क्रिस्टिन स्टेगलिङले सीमान्तकृत समुदायहरूका लागि सेवासम्म पहुँचमा अवरोधकहरू हटाउन आवश्यक रहेको बताउँदै, “विश्व अझै एड्सलाई सार्वजनिक स्वास्थ्यको खतराबाट अन्त्य गर्ने लयमा छैन,” भनिन्।

यद्यपि, पर्याप्त राजनीतिक सहयोग र आर्थिक सहायता भएमा छ वर्षभित्र एड्सलाई सार्वजनिक स्वास्थ्य जोखिमको सूचीबाट हटाउन सकिने यूएनएड्सको प्रक्षेपणले देखाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button