No Image Headlineदेशमुख्य खबरविशेषस्वास्थ्य/जिवनशैली

किन बढिरहेको छ वायु प्रदूषण, यसबाट जनजीवनले कस्ता समस्या भोगिरहेको छ ?

नेपालमा वायु प्रदूषणको अवस्था दिनानुदिन गम्भीर बन्दै गएको छ। देशका विभिन्न स्थानमा धुवाँ मिसिएको तुँवालो छाएको छ।  विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष १० भित्र परेको छ।

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तोकेको सुरक्षित सीमाभन्दा कैयौँ गुणा माथि पुगेको छ। धुँवायुक्त तुँवालोले सहरलाई ढाकेको छ, जसले गर्दा केही ठाउँमा सामान्य दूरीमा समेत दृश्यता अत्यन्त कम छ। नेपालले पनि यस क्षेत्रीय प्रदूषणको असर भोगिरहेको छ। वायुमा धुलोका कण र विषाक्त ग्यासहरूको मात्रा बढ्दै गएको छ।

भारतमा अक्टोबरदेखि जनवरीसम्मको हिउँदमा वायु प्रदूषणको समस्या अझ गम्भीर बन्छ। न्यून तापक्रम, सुस्त हावा, बालीनालीका अवशेष जलाउने चलन, र सवारीसाधनबाट निस्कने धुवाँका कारण प्रदूषण उच्च तहमा पुग्छ। अमेरिकी अन्तरिक्ष निकाय नासाले उत्तर भारत र छिमेकी पाकिस्तानमाथि बाक्लो तुँवालो रहेको चित्रहरू सार्वजनिक गरेको छ।

आईक्यूए भनिने स्विट्जरल्यान्डमा रहेको एअर क्वालिटी इन्डेक्स एक्यूआई अर्थात् वायुको गुणस्तरको सूचकाङ्क निगरानी गर्ने समूहका अनुसार सन् २०२३ मा दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको थियो। भारत विश्वको तेस्रो अतिप्रदूषित देश थियो। बाङ्ग्लादेश र पाकिस्तान क्रमशः पहिलो र दोस्रो स्थानमा थिए।

डब्ल्यूएचओका अनुसार संसारको ९९ प्रतिशत मानिस कम गुणस्तरको वायुमा सास फेर्न बाध्य छन्। निम्न र मध्यम आय भएका देशका मानिसहरू यो समस्याबाट बढी प्रभावित छन्। उक्त राष्ट्रसङ्घीय निकायका अनुसार बर्सेनि वायु प्रदूषणका कारण ७० लाख जनाको अकालमृत्यु हुन्छ।

वायु प्रदूषण कसरी नापिन्छ ?

वायुमा प्रदूषण गर्ने तत्त्वहरू मान्छेका गतिविधिबाट उत्पन्न हुन्छन्। सवारीसाधन चलाउन र खाना पकाउन प्रयोग गरिने जीवाश्म इन्धनबाट, धूलोयुक्त आँधी, डढेलो र ज्वालामुखीबाट पनि ती तत्त्व वायुमण्डलमा निस्किन्छन्।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम यूएनईपीका अनुसार वायुको गुणस्तर गर्ने उपकरणहरूमा निश्चित खालका प्रदूषक तत्त्वको पहिचान गर्न सक्ने सेन्सर जडान गरिएको हुन्छ।

केहीले लेजर प्रयोग गर्दै पार्टिक्युलेट म्याटरु भनिने सूक्ष्म तत्त्वको घनत्व मापन गर्छन् भने अन्यले भूउपग्रहबाट खिचिएका तस्बिरमा निर्भर हुँदै पृथ्वीले परावर्तन वा उत्सर्जन गरेको ऊर्जाको विश्लेषण गर्छन्।

पीएम २.५, पीएम १०, ग्राउन्ड लेभल ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड मानवको र वातावरणीय स्वास्थ्यमा प्रभाव पार्ने प्रदूषक तत्त्व हुन्। पीएम २.५ को आकार २.५ माइक्रोमिटर वा त्यसभन्दा कम हुन्छ। सूक्ष्म हुने भएकाले यसबाट स्वास्थ्यमा सबैभन्दा उच्च जोखिम रहन्छ। त्यस्ता सूक्ष्म कणहरू हाम्रो रक्तप्रवाहमा पुग्दै विभिन्न रोगको कारक बन्न सक्छन्।

एक्यूआई सूचकाङ्क प्रयोग गरी वायुमा यी पाँच मुख्य तत्त्वको मात्रा नापिन्छ। एक्यूआईको मान शून्य हुँदा वायुको स्वच्छ रहेको बुझ्नुपर्छ भने ५०० हुँदा त्यसले जनस्वास्थ्यमा तत्काल खतरा हुने सङ्केत गर्छ।

एक्यूआईले हाम्रो वायु कति स्वच्छ वा प्रदूषित छ भन्ने अनि त्यसबाट स्वास्थ्यमा दुष्प्रभाव पर्ने सम्भावना देखाउँछ। प्रदूषित वायुमा सास फेरेको केही घण्टा वा दिनमै त्यसको प्रभाव महसुस हुन थाल्छ। एक्यूआई वायुको गुणस्तरसम्बन्धी जटिल डेटालाई जनस्वास्थ रक्षा गर्न मिल्ने गरी कार्यात्मक सूचनामा ढालिदिने एउटा साधन हो, आईक्यूएअरका प्रवक्ता आर्मन आररेडिअनले भने।

कस्ताकस्ता रोग लाग्छन् ?
डब्ल्यूएचओका अनुसार वायुमा हुने ुपार्टिक्युलेट म्याटरु र अन्य प्रदूषक तत्त्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ र रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छ।

त्यस्तो प्रदूषित हावाले श्वासप्रश्वासमा सङ्क्रमण, हृदयरोग, स्ट्रोक र फोक्सोको क्यान्सर गराउँछ। त्यसको असर खास गरी बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका मानिसहरूमा पर्ने डब्ल्यूएचओले जनाएको छ।

उदाहरणका लागि, ओजोनले दम भएका बिरामीलाई अझ गाह्रो बनाउँछ भने नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइडका कारण दम र फोक्सामा भिन्न समस्या उत्पन्न हुन्छ। डब्ल्यूएचओका अनुसार कमजोर वायु गुणस्तरले गर्भमै भ्रूणको मृत्यु हुने, समय नपुगी बच्चा जन्मिने अनि सङ्ज्ञात्मक दुर्बलता र विस्मृतिजस्ता स्नायुप्रणालीसम्बन्धी समस्याहरू उत्पन्न गराउँछ।

उक्त निकायले वायु प्रदूषणका कारण प्रत्येक वर्ष हुने ७० लाख जनाको मृत्यु हुने र तीमध्ये घरबाहिरको प्रदूषणका कारण ४२ लाखको र घरभित्रै दाउरा र कोइला बाल्दा हुने प्रदूषणका कारण ३८ लाख जनाको ज्यान जाने जानएको छ।

डब्ल्यूएचओका अनुसार करिब ८५ प्रतिशत त्यस्ता मृत्यु हृदयरोग, मस्तिष्काघात ९स्ट्रोक०, फोक्सोको क्यान्सर, दम, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग ९सीओपीडी० र मधुमेहजस्ता नसर्ने रोगसँग सम्बन्धित छन्। उक्त निकायले वायुप्रदूषणलाई सुर्तीपछि संसारभरि नसर्ने रोग गराउने दोस्रो मुख्य कारक मानेको छ।

डब्ल्यूएचओका अनुसार घरबाहिरको प्रदूषणका कारण हुने ९० प्रतिशत मृत्यु निम्न र मध्यम आय भएका देशमा भएको देखिन्छ। एउटा अनलाइन कम्युनिटी प्लेटफर्म ुलोकलसर्कल्सुले गरेको सर्वेक्षणअनुसार पछिल्ला तीन सातामा दिल्ली र आसपासका सहरमा ८१ प्रतिशत परिवारमा कम्तीमा एक जना प्रदूषणका कारण बिरामी परेका छन्।

दिल्ली सरकारले प्रतिकार्यको कार्ययोजना लागु गर्दै कोइला र काठदाउरा बल्ने सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ। उसले आपत्कालीनबाहेक अन्य सेवामा डीजलबाट चल्ने जेनरेटर प्रयोग गर्न पनि प्रतिबन्ध लगाएको छ। तर त्यसले सहरलाई विषाक्त प्रदूषणबाट जोगाउन सकेको छैन।

अधिकारीहरूले सर्वसाधारण मानिसलाई सकेसम्म घरभित्रै बस्न र सवारीबाट हुने प्रदूषण नियन्त्रण गर्न सकियोस् भनेर सार्वजनिक यातायातको प्रयोग गर्न आह्वान गरेका छन्।

सबैभन्दा खराब र राम्रो अवस्था कहाँ छ ?
आईक्यूएअरका अनुसार सन् २०२३ मा सबैभन्दा प्रदूषित देशमा बाङ्ग्लादेश, पाकिस्तान, भारत, ताजिकिस्तान, बुर्किना फासो, इराक, यूएई, नेपाल, इजिप्ट र डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो थिए।

अर्कोतर्फ सबैभन्दा स्वच्छ हावा हुने देशमा फ्रेन्च पोलेनेशिया, मरिशस, आइसल्यान्ड, ग्रेनाडा, बर्म्युडा, न्यूजील्यान्ड, अस्ट्रेलिया, इस्टोनिया, फिन्लन्ड र स्वीडन छन्।

दिल्लीले कोइला र काठ जलाउने काममा प्रतिबन्ध, डीजलबाट चल्ने जेनरेटरहरू रोक्नेजस्ता कदम उठाए पनि प्रभाव सीमित छ। नेपालले पनि यस्तै कडा नियम लागू गर्न, सार्वजनिक यातायातको प्रयोग प्रोत्साहन गर्न, र प्रदूषणको वास्तविक समय निगरानी गर्नुपर्ने विज्ञहरूको सुझाव छ। वायु प्रदूषणको दीर्घकालीन समाधानका लागि क्षेत्रीय सहकार्य र स्वच्छ ऊर्जाको प्रवर्द्धन अपरिहार्य देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button