No Image Headlineस्वास्थ्य/जिवनशैली

जानिराखौं बालबालिकामा मानसिक समस्या नम्त्याउने यि ४ कारण

मानसिक समस्या भन्नासाथ युवा वर्गलाई मात्र हुन्छ भन्ने हाम्रो आम बुझाई छ । तर वास्तवमा यस्तो हुँदैन । यो समस्या हरेक उमेर समूहका व्यक्तिहरूलाई हुनसक्छ ।

बालबालिकाहरूमा पनि मानसिक समस्या हुनसक्छ । बालबालिकालाई मनोसामाजिक समस्या हुन्छ भन्दा तपाईँलाई विश्वास नलाग्न सक्छ । बच्चाहरूलाई के–को तनाव हुन्छ र भन्ने लाग्न सक्छ ।

ऋण, धन, कारोबार, व्यापार, रोजगार, परिवार आदि गर्ने व्यक्तिलाई मात्र चिन्ता हुन्छ भन्ने अधिकांश अभिभावकको बुझाइ छ । तर यो जेनेरेसनका बालबालिकाहरू आज कलिलो उमेरमै मानसिक स्वास्थ्य समस्याको चपेटामा पर्ने गरेका छन् ।

जोय नेपालसँगको कुराकानीमा मनोविद डा.विनोद पौडेल भन्छन् बालबालिकाहरूमा पनि मानसिक समस्या र मनोसामाजिक समस्या हुन्छ । पहिला–पहिला अलि उमेर भएका वयस्क व्यक्तिहरूमा मात्रै मानसिक समस्या हुन्छ भन्ने थियो । तर पछिल्ला अध्ययनहरुले बालबालिकाहरूमा पनि यस्तो समस्या हुने देखाएको छ ।

नेपालमै गरेको सर्वेअनुसार १७–१८ वर्ष मुनिका बालबालिकामा समेत यस्तो मानसिक र मनोसामाजिक समस्या हुनसक्ने देखाएको छ । साना उमेरका बच्चाहरू पनि बढी चिन्तित हुने, उदास भएर बस्ने समस्या रहेको अध्ययन बताउँछ । र उदासीनताकै कारण बच्चाहरूले आफूलाई हानि पुग्ने काम गर्ने गर्छन् ।  यस्तो हुनुमा मुख्य तिन कारण हुन्छ । जुनसुकै मानसिक समस्याको पनि कारण केलाएर हेर्नुपर्छ ।

१.मनोवैज्ञानिक : बच्चाहरूले एकदमै सानो उमेरमा भोगेका हिसांहरु, उनीहरूमाथि भएको दमन शोषण, ठुला दुर्घटनाका कुराहरू जब उनीहरू बुझ्ने हुन्छन् तब ती पहिलेका  बाल मस्तिष्कमा असर गरेका कुराहरू स्मरण हुन्छ मनमा खेलिरहन्छ । यो नै मनोवैज्ञानिक समस्या हो । कलिलो उमेरमा उनीहरूमा घटेका घटनाहरू अरूलाई भन्न सक्ने,मनका कुराहरू साट्न सक्ने हुँदैनन् । र मनमा लागेका कुराहरू परिवारका अन्य सदस्यहरूलाई भन्नुपर्छ भन्ने पनि हुँदैन यसकारण पछि बच्चाहरूमा मनोवैज्ञानिक समस्या हुनसक्छ । तथा परिवारमा झैँ–झगडा भइरहन्छ भने त्यो विवादित वातावरणले पनि बाल मस्तिष्कमा धेरै असर परिरहन्छ ।

२.शारीरिक कारण : यो समस्या भनेको यदि बच्चाको वृद्धि विकास अन्य बच्चा सरहले भएन उदाहरणको लागी निकै दुब्लो पात्लो भयो, हाइट बढेन अथवा धेरै कालो भयो भने भने उनीहरू एक–अर्कामा तुलना गर्न थाल्छन् । यस्तै तुलनात्मक व्यवहारले पनि बालबालिकामा चिन्ताको भावना मानसिक प्रेसर उत्पन्न गराउँछ ।

३.वंशाणुगत कारण  : यदि बाबु–आमामा र परिवारका अन्य सदस्यहरूमा यस्तो मानसिक समस्या छ भने बच्चाहरूमा पनि स्वतः उक्त समस्या देखा पर्ने सम्भावना बढी हुन्छ ।

४.सामाजिक समस्या : बच्चाहरूलाई आफ्ना साथीहरूले बुलिङ गरे, होच्याएर केही भने, अथवा शिक्षकहरूले गाली गरे, घरपरिवार र छिमेकका व्यक्तिहरूले केही भनेमा पनि उनीहरूले मनमा लिन सक्छन् र मानसिक समस्या हुनसक्छ ।

साथै पछिल्लो समय त २–३ कक्षामा पढ्ने कलिला विद्यार्थीहरूकै पनि एक झोला किताब हुन्छ यसकारण उक्त किताबको बोझ, धेरै गृहकार्य गर्नुपर्ने बोझ लगायतका कुराहरूले पनि मानसिक स्वास्थ्यमा असर पार्छ । र पछिल्लो समय बालबालिकाहहरु एक्लिँदै गइरहेका छन् । आमाबुवाको पर्याप्त साथ पाइरहेका छैनन् ।

धेरै समय मोबाइल टिभी जस्ता ग्याजेट्सहरु बिताइरहेका छन् । बालबालिकाको उमेर भनेको बाहिरी वातावरणमा खेल्नु पर्ने,दौडिनुपर्ने सबैसँग घुलमिल हुनुपर्ने उमेर हो तर धेरै समय मोबाइलमा बिताइरहेका छन् ।

यसकारण यस्तो समस्या निम्तिरहेको छ । जब बालबालिकालाई तनाव हुन्छ तब निन्द्रामा समस्या हुन्छ । किशोरावस्थासम्म बालबालिकाको ब्रेनको डेभलपमेन्ट भइरहेको हुन्छ । ब्रेनको डेभलपममेन्ट भन्ने बित्तिकै राम्रोसँग सुत्न पाएन भने दिमागको संज्ञानात्मक विकास हुन पाउँदैन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button