No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

देशभर फैलिँदै हैजा, के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

नेपालमा २० जना बिरामीमा हैजा पुष्टि भएको छ। ललितपुरबाट हैजा फैलन सुरु गरेकामा हालसम्म ललितपुर, काठमाडौं र कैलालीमा २० जनामा हैजा पुष्टि भएको हो। कयौँ जिल्लामा हैजाको आशंका गरिए पनि परीक्षणको काम भइरहेको छ। दुर्गम क्षेत्रमा त परीक्षण नै हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरको गोदावरी क्षेत्रमा सातजनामा हैजा देखिएको स्थानका मानिसहरूले प्रयोग गर्ने इनारको पानीमा दिसामा पाइने एक प्रकारको कोलिफर्म कीटाणु भेटिएको छ। कैलालीमा पनि पानी दूषित भएको देखिएको छ।

हैजा तथा झाडापखला दूषित पानी वा खानाका कारण हुन्छ। कोलिफर्म, भिब्रियो कलेरा आदि कीटाणुले मुखभित्र पसेपछि पेटमा संक्रमण गराउने भएकाले सकेसम्म उमालेको र शुद्धीकरण गरिएको पानी पिउने, शौचालय गइसकेपछि राम्रोसँग हात धुने, फलफूल र सलाद राम्रोसँग पखालेर मात्र खाने, ताजा खानेकुरा खाने गर्नाले हैजा तथा झाडापखालाबाट बच्न सकिने स्वास्थ्यर्मीले बताएका छन्।

तर, सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन। अहिले कांग्रेस नेता प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालय समहालिरहेका छन्। तर, अहिलेसम्म हैजाको परीक्षण गर्नबाहेक कदम चाल्न सकेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ। सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने हुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष १३ देखि ४० लाख मानिस हैजाबाट पिडित हुन्छन्। २१ हजारदेखि १ लाख ४३ हजार मानिसको मृत्यु हैजाबाट हुने गर्छ। नेपालले बर्षेनी वर्षायाममा बाढी र पहिरोको सामना गर्नु मात्र होइन, सुरक्षित खानेपानीको अपर्याप्त आपूर्ति र खुला दिसाको उच्च दरका कारण ग्रामीण तथा शहरी क्षेत्रमा हैजाको डर बढ्ने गर्छ।

सन् २००९ मा मध्य पश्चिम क्षेत्रको जाजरकोटबाट सबैभन्दा ठूलो हैजाका प्रकोप रिपोर्ट गरिएको थियो। जाजरकोटमा हैजाबाट ३० हजारभन्दा बढी मानिस प्रभावित भएको अनुमान गरिएको छ। त्यसमध्ये ५०० भन्दा बढी मानिसहरूले हैजाबाट आफ्नो ज्यान गुमाएका थिए।हैजा एक आत्याधिक चाडोँ सर्ने रोग हो। विशेषत, फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ। हैजाको जीवाणु मानिसको शरिरमा छिरेको १२ घण्टा देखि ५ दिनमा हैजाको लक्षण देखिन थाल्छ।

यस रोगका बिरामीले समयमै उपचार नपाए मृत्यु हुने सम्भावना बढी हुन्छ। हैजा एकदमै संक्रामक रोग हो जसले तुरुन्तै पखाला निम्त्याउँछ। यसले गर्दा शरीरबाट तरल पदार्थ र इलेक्ट्रोलाइट्स (खनिज पदार्थ) को धेरै क्षति हुन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button