No Image Headlineदेश

रबि लामिछानेलाई विनोद चौधरीको कटाक्ष-स्टन्ट गर्नेहरुलाई मैले आफ्नो चरित्रको सर्टिफिकेट बुझाउनुपर्दैन

बाँसबारीको जग्गा नितान्त आर्थिक विषय रहेको दाबी गर्दै त्यो राजनीतिक विषय बन्नु दुखद रहेको उद्योगी एवम् सांसद विनोद चौधरीले बबताएका छन्।

बिहीवार पत्रकारहरूसँग कुरा गर्दै लगानीकर्ता र करदातालाई राजनीतीकरण गर्न खोजिएको टिप्पणी गरे। बयालीस वर्षअगाडि जग्गाको मूल्य कति नै पर्थ्यो होला ? हजारौँ रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने ग्रूपले मुलुकभरि नै १४० वर्षदेखि र अझै व्यवस्थित रूपले ८० वर्षदेखि विभिन्न परियोजना गर्ने ग्रूपले १० रोपनी जग्गाको बारेमा कुनै प्रकारको कुदृष्टि राख्छ भन्ने सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही होइन, उनले भने ।

पैँतालीस वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन, गृहमन्त्री रवि लामिछानेप्रति कटाक्ष गर्दै उनले भने, त्यो पनि खास गरीकन स्टन्ट गर्नेहरूलाई। सीआईबीका अनुसार चौधरी परिवारले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा विसं २०५२ साल साउन १२ गते ३६ लाख रुपैयाँ सरकारलाई दिएर आफ्नो नाममा बनाएको थियो।

बाँसबारी छाला जुत्ता कारखानाको शेअर लगानी बापतको ३६ लाख सरकारलाई दिएर उक्त कम्पनी निजी बनाएको र जग्गाको स्वामित्व हत्याएको प्रहरीको आशङ्का छ। महालेखा परीक्षकले त्यस बेला नै दिएको प्रतिवेदनमा बाँसबारीको जग्गा अर्को कम्पनीलाई दिने सम्झौता अपारदर्शी भएको र सरकारबाट निर्णय नभएको विषय औँल्याइएको प्रहरीको दाबी छ।

उक्त फुटवेअर कम्पनी अहिले सीजी चाँदबाग रेसिडेन्सी प्रालिका रूपमा छ। विवादित जग्गामा अहिले अहिले चौधरी परिवारले सञ्चालन गरको चाँदबाग स्कूल छ । त्यसबारेमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीमा उजुरी परेको विवरण आए पनि आयोगले अनुसन्धान अघि बढाएको थिएन।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button