खबर फटाफटदेश

२४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० वटा नमुना परीक्षण गर्दा ९१ संक्रमित फेला परेका हुन् ।

पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, यसअवधिमा ३ सय ६२ संक्रमित निको भएका छन् । हाल ६ हजार ९ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको कसैको मृत्यु भएको छैन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button