अन्तराष्ट्रिय
भारतमा थप २ लाख ३४ हजार संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ३४ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी ८९३ जना संक्रमितले ज्यान गुमाएका छन् । यही अवधिमा तीन लाख ५२ हजार ७८४ संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ८४ हजार ९३७ रहेको छ ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड ८५ लाख ८ हजार २४१ पुगेको छ भने हालसम्म चार लाख ९३ हजार १९८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म कोरोनाविरुद्ध ५१।०९ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।



