No Image Headlineदेश

स्थानीय निर्वाचन : ३२ ठाउँमा निर्वाचन अवरुद्ध

Thrill Factory
Rungta Group

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभर ३२ ठाउँमा निर्वाचन अवरुद्ध भएको बताएका छन् ।

निर्वाचन अवरुद्ध हुनु भनेको स्थगित नभएको स्पष्ट पार्दै, आयोगका कारण अवरुद्ध नभएको अवस्थामा आयोगले जिम्मा नलिने पनि उनले बताए ।

कुनै उम्मेदवार वा दलले आफू कमजोर भएको महशुस गरी निर्वाचन भाँड्ने उदेश्यले अवरोध गरेको पाइएमा आयोगले त्यसलाई नस्विकार्ने उनले बताए ।

‘हाम्रो कारण, सुरक्षा निकाय वा निर्वाचन अधिकृतका कारण निर्वाचन रोक्नुपर्ने अवस्था आएमा त्यो अर्कै कुरा हो । नत्र भने देशलाई आर्थिक भार पर्ने गरि निर्वाचन स्थगित गर्ने कुरामा आयोगको आपत्ति छ ।’ उनले भने ।

आयोगले अवरुद्ध मतदान केन्द्रमा पुनः मतदान शुरु गर्ने गरी तालिका निकाल्ने उनले बताए । ५ बजेभित्र मतदान केन्द्रमा पुगेका मतदातालाई ८ बजेसम्म पनि भोट हाल्न दिने थपलियाले बताए ।

उनले उम्मेदवारका प्रतिनिधिले नै केही ठाउँमा मतपेटिका फुटाउने काम गरेको कुरा मिडियामा ल्याउन पनि लाज लागेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button