No Image Headlineदेश

५४५ जनामा कोरोना संक्रमण, ७२६ जना संक्रमणमुक्त

Thrill Factory
Rungta Group

पछिल्लो २४ घण्टामा थप ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा कुल ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १ हजार ९६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ पुगेको छ ।

यसैगरी, बिहीवार ७२६ जना निको भएसँगै हालसम्म ७ लाख ८४ हजार ८८१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button