अर्थमुख्य खबर

प्रतिनिधिसभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित, काम लागेन एमालेको अवरोध

Thrill Factory
Rungta Group

काठमाडौं– प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित भएका छन् । बिहीबार बसेको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वेल घेराउ गरेर नाराबाजी जारी राखे पनि सभामुख अग्नि सापकोटाले बैठकको कार्यसूची अगाडि बढाएका थिए।

प्रतिनिधिसभाले यसअघि विनियोजन विधेयक २०७८ पारित गरिसकेको छ । सो विधेयक बिहीबार राष्ट्रियसभाबाटसमेत पारित भइसकेको छ । प्रतिनिधिसभाले बजेटसँग सम्बन्धित तीनवै विधेयक बहुमतले पारित गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button