खबर फटाफटदेश

एमसीसीका बारेमा भ्रम सिर्जना गर्न खोजियो : प्रधानमन्त्री

Thrill Factory
Rungta Group

काठमाडौ– प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा राजनीतिकरण गर्न खोजिएको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीका बारेमा भ्रम सिर्जना गरेर राजनीतिकरण गर्न खोजिएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालको विकासका लागि एमसीसी एकाएक आएको विषय नभएको र कानूनी प्रक्रिया पूरा गरेर सरकारले प्राप्त गरेको अनुदान भएको बताएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

‘हामीले विश्व बैंक र एसियन बैंकबाट ब्याजमै मोटो रकम ऋण लिइरहेका छौं । तर, एमसीसी अनुदान हो । यो विकासका लागि दिइएको अनुदान हो । यसमा धेरै राजनीति गर्न खोजियो । त्यो आवश्यक छैन,’ देउवाको भनाइ उद्धृत गर्दै सचेतक भुसालले बताइन् ।

देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताएको सचेतक भुसालले जनाइन् ।

उनकाअनुसार एसीसीका बारेमा अन्य दलसँगपनि छलफल र संवाद गरिने देउवाले बताएका थिए । बैठकमा देउवाले एमसीसीमाथि अनावश्यक राजनीति गर्न आवश्यक नरहेको समेत टिप्पणी गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button