खबर फटाफट

रेल्वेका कर्मचारी ठगी आरोपमा पक्राउ

नेपाल रेल्वेका एक कर्मचारी ठगीको आरोपमा पक्राउ परेका छन् । नेपाल रेल्वे कम्पनीका कर्मचारी रितेश यादवलाई धनुषा प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो ।

उनलाई धनुषाको वैदेही स्थित नेपाल रेल्वेको कर्मचारी आवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकारीले भने ‘यादवमाथि काठमाडौं प्रहरी परिसरमा ठगी सम्बन्धी जाहेरी परेपछि त्यँहाबाट आएको पत्रका अधारमा नियन्त्रणमा लिएका छौं । उनी आजै दिउँसो २ बजेतीर वैदेही स्थित कर्मचारी अवासबाट पक्राउ परेका छन् । थप अनुसन्धान हुँदैछ ।’

यादव सप्तरी जिल्लाको राजविराज निवासी हुन् । उनलाई नेपाल रेल्वेका महाप्रबन्धक निरंजन झाले २०७८ चैतमा नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button