No Image Headlineअर्थखबर फटाफट

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, कस्तो छ अर्थतन्त्र ? (पूर्णपाठसहित)

 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ। समीक्षा प्रतिवेदनमा केन्द्रीय बैंकले मौजुदा अधिकांश प्रावधानलाई यथावत राखेको छ।

गएको साउन ११ गते सार्वजनिक गरिएको मौद्रिक नीतिमा लचिलोपनको विषयमा गभर्नर महाप्रसाद अधिकारीले लचक नहुने दाबी गरे पनि सरकारी प्रभावमा माथिल्लो वर्गलाई लाभ पुग्नेगरी केही लचिलो नीतिहरू अपनाइएको थियो।

समीक्षामा नीतिगत दर ५ प्रतिशत, तल्लो तहको निक्षेप सङ्कलन दर ३ प्रतिशत, र माथिल्लो तहको बैंक दर ६.५ प्रतिशत यथावत रहेको उल्लेख छ।

केन्द्रीय बैंकका अनुसार, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले आन्तरिक तथा बाह्य आर्थिक अवस्था, वित्तीय स्थितिलगायत समष्टिगत आर्थिक परिदृश्यलाई विश्लेषण गर्दै मौद्रिक नीति कार्यान्वयनको स्थिति मूल्याङ्कन गरेको छ।

प्रतिवेदनमा भनिएको छ, “मौद्रिक नीतिको निरन्तरताबाट मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम रहँदै आर्थिक गतिविधिको विस्तारमा सहयोग पुग्नेछ। यसले नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।”

Skip to PDF content

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button