अर्थखबर फटाफट

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ।

३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी. बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्नुका साथै  यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिने बताइएको छ ।

‘नयाँ एगोंनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन्। बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेक संग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेक संग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अरु बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ’ प्रेस नोटमा भनिएको छ।

नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको र रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा लन्च एवं विक्रि खुला गरिएको कम्पनीले बताएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button