No Image Headlineअर्थ

त्रिभुवन विमानस्थल : राति १० देखि बिहान ८ बजेसम्म बन्द हुने

मर्मत र स्तरोन्नति गर्नु पर्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । करिब पाँच महिनासम्म यो अवस्था रहने जनाइएको छ।

विमानस्थलको स्तरोन्नतिका लागि दैनिक १० घण्टा उडान बन्द गरेर काम गर्न लागिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ। यसले गर्दा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन्। अहिले विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ सहितको संरचना विस्तार र स्तरोन्नति गर्ने भएको छ।

विमानस्थल स्तरोन्नतिका लागि करिब १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ। आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा नहोस् भनेर उडान बन्द गरिएको बताएका छन्।

त्रिभुवन विमानस्थलमा आन्तरिकमा दुईतर्फी दैनिक तीन सयभन्दा धेरै र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारीमा उडान हुने गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button