अमेरिकी सत्तामा ट्रम्पको पुनरउदय : यस्ता छन् जनताको विश्वास जित्नुका कारण
डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्व राजनीतिमा उथलपुथल हुने आकलन गरिएको छ । उनले चुनावमा बोलेका कुरा पूरा गरे विश्वभर परिवर्तन आउनेछ ।
उनले आफू राष्ट्रपतिमा निर्वाचित भए युक्रेनलाई अमेरिकाले दिइरहेको सहयोग रोक्ने बताएका थिए । यसो गरेमा रुस(युक्रेन युद्धमा युक्रेन कमजोर बन्न सक्छ ।
चुनावका क्रममा ट्रम्पले गाजामाथि धावा बोल्ने बताएका थिए । यसो गरेमा इजरायल गाजा युद्ध चर्किन सक्छ । उनको कार्यकालमा चीनसँग व्यापार युद्ध चर्किने आकलन गरिएको छ । उनको यसअघिको कार्यकालमा चीनसँग व्यापार युद्ध भएको थियो ।
उनी वातावरणवादका कट्टर विरोधीका रूपमा चिनिएका छन् । उनले आफ्नो पहिलो कार्यकालमा त्यस्तै नीति अपनाएका थिए । उनका कुरा सुन्दा अहिले पनि त्यसमा परिवर्तन आएको देखिँदैन ।
यसले पनि भूराजनीतिमा असर पुर्याउने सम्भावना देखिन्छ । उनले आफ्नो कार्यकालमा कस्तो आप्रवासन नीति अपनाउँछन् भन्ने विषय पनि चासोको मुख्य विषय बनेको छ ।
उनी गैरकानुनी आप्रवासनका कट्टर विरोधी मानिन्छन् । आफ्नो पहिलो कार्यकालमा उनले गैरकानुनी तरिकाले अमेरिका छिर्नेलाई निष्कासन गरेका थिए ।
चुनावका क्रममा उनले त्यही नीति अपनाउने संकेत गरेका थिए । तर, चुनावपछिको परिस्थिति फेरिएकाले पुरानै नीति कार्यान्वयन गर्लान् भन्न सकिँदैन ।
गैरकानुनी आप्रवासी अमेरिकाका साना व्यवसायीहरूका लागि फाइदाजनक छन् । त्यहाँका साना व्यवसायीहरूले यस्ता आप्रवासीलाई सस्तो ज्यालामा काममा लगाउँछन् । यो पटकको चुनावमा उनलाई साना व्यवसायीले पनि भोट दिएका छन् ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कर घटाएका थिए । यही कारण उनले त्यहाँका साना व्यवसायीको भोट पाएको कतिपयको आकलन छ ।
कर घटाए अमेरिकामा लगानी बढ्ने सम्भावना छ । बाहिरको लगानी देशमा फिर्ता जाने कतिपयको आकलन छ । यस्तै आईएमएफ, युएन, नेटोमा अमेरिकाको लगानी घट्न सक्ने सम्भावना रहेको जानकार बताउँछन् ।
उनले आगामी कार्यकाल कसरी अगाडि लैजानेछन् भन्नेबारे राष्ट्रपतिमा शपथ ९आगामी जनवरी २०० अघि नै स्पष्ट हुनेछ ।