No Image Headlineअन्तराष्ट्रिय

हिज्बुल्लाहद्वारा नयाँ नेताको नाम घोषणा, लेबननमा इजरेलले हमला किन जारी राखेको छ ?

लेबननी उग्रवादी समूह हिज्बुल्लाहले गत महिना बेइरुतमा इजरायलले गरेको हवाई हमलामा आफ्ना नेता हसन नस्रल्लाह मारिएपछि उनका उत्तराधिकारीको घोषणा गरेको छ। नस्रल्लाह लामो समयदेखि यस समूहको नेतृत्वमा थिए र हिज्बुल्लाहलाई विभिन्न देशहरूले आतङ्कवादी सङ्गठनको रूपमा घोषणा गरेका छन्।

Patanjali Nepal
SweetMart Nepal

समूहका नयाँ नेता नयिम कासिमलाई बनाइएको छ, जो यसअघि उपमहासचिवको रूपमा कार्यरत थिए। हिज्बुल्लाहलाई इरानले समर्थन गर्दै आएको छ, र हालैका दिनहरूमा इजरायलले हिज्बुल्लाहका शीर्ष नेताहरूलाई लक्षित हमलामा मारिसकेको छ। कासिम अब हिज्बुल्लाहका जीवित वरिष्ठ नेताहरूमा अग्रस्थानमा रहेका छन्। इजरायलले लेबननमा सैन्य कारबाही जारी राखेको बेला हिज्बुल्लाहले आफ्नो नयाँ नेता चयन गरेको हो।

सोमबार राति इजरायली हवाई हमलामा लेबननको बेका उपत्यकामा ६० जनाको मृत्यु भएको जानकारी त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको छ। बेका उपत्यकामा भएका ती हमलामा बालबालिका पनि मृत्यु भएका छन् भने अन्य ५८ जना घाइते भएका छन्।

इजरायलले आक्रमण गरेका स्थानमा उद्धार टोलीहरूले भग्नावशेषमा जीवित मानिसहरूको खोजी गरिरहेका छन्। स्थानीय गभर्नर बशिर खोदरका अनुसार यो पछिल्ला वर्षहरूमा हिज्बुल्लाहविरुद्धको सबैभन्दा हिंसात्मक आक्रमण हो। बेका उपत्यकामा हिज्बुल्लाहको बलियो उपस्थिति छ, र यो स्थान सिरिया, इराक र इरानतर्फको मार्गमा पर्ने रणनीतिक क्षेत्र हो।

गत पाँच सातामा इजरायलले लेबननमा हजारौं हवाई हमलाहरू गरिसकेको छ। इजरायलले यी हमलाहरूमा हिज्बुल्लाहका कार्यकर्ता, पूर्वाधार र हातहतियार लक्षित गरेको दाबी गरेको छ। हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि हिज्बुल्लाहले पनि उत्तरी इजरायलमा रकेट प्रहार गर्न सुरु गरेको थियो, जसका कारण सीमा क्षेत्रमा द्वन्द्व चर्किएको छ। हालसम्मका हमलामा लेबननमा २,७०० जनाले ज्यान गुमाएका छन् भने १२,४०० भन्दा बढी घाइते भएका छन्।

सेप्टेम्बर ३० मा इजरायलले दक्षिणी लेबननमा स्थल अतिक्रमण सुरु गरेपछि द्वन्द्व झन् गम्भीर बनेको छ। लेबनन सरकारका अनुसार हालसम्म १३ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। बीबीसी 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button