No Image Headlineअन्तराष्ट्रिय

लेबननमा पछिल्लो इजरेली हमलामा कम्तीमा १५ जनाको ज्यान गयो

लेबननमा पछिल्लो इजरेली हमलामा कम्तीमा १५ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। इजरेली सेनाले गत केही घण्टामा लेबननस्थित हिज्बुल्लाहका विभिन्न ठेगानाहरूमा हमला गरिएको बताएको छ।

Patanjali Nepal
SweetMart Nepal

इजरेल डिफेन्स फोर्सेज आईडीएफले टेलिग्राम एपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै इजरेलतर्फ रकेट प्रहार गर्न प्रयोग गरिने ‘लन्चरुहरू लाई निसाना बनाइएको थियो।

शनिवार हिज्बुल्लाहले आफ्ना नेता हसन नस्रल्लाह इजरेली आक्रमणमा मारिएका पुष्टि गरेको थियो। नस्ररल्लाहको मृत्यु उक्त लेबननी उग्रवादी समूहविरुद्ध इजरेलले थालेको युद्धमा एउटा ठूलो घटना हो र त्यसका कारण उक्त क्षेत्र अझ फराकिलो द्वन्द्वमा धकेकिन सक्छ।

इरानका सर्वोच्च नेता आयतूल्लाह अलि खामेनेईले नस्रल्लाहको मृत्युको बदला लिइने बताएका छन्। हिज्बुल्लाहलाई आर्थिक र सैन्य समर्थन गर्दै आएको इरानले केही दिनको लागि सार्वजनिक शोकको घोषणा गरेका छन्। लेबनन र इराकले पनि शोकको घोषणा गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले नस्रल्लाहको मृत्युलाई एउटा ऐतिहासिक मोड भनेका छन्। उनले नस्रल्लाहको ज्यान लिएर इजरेलले आफ्नो बदला पूरा गरेको पनि बताए।

अमेरिकी राष्ट्रपति जो बाइडनले नस्रल्लाहको मृत्यु पीडितहरूका निम्ति न्यायको घटना भनेका छन्। तर उनले वाशिङ्टनले द्वन्द्वलाई मत्थर पार्ने प्रयास जारी राख्ने बताए। अब युद्धविरामको समय भएको छ, उनले पत्रकारहरूसँग कुरा गर्दै भने।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button