अर्थ

बाढीपहिरोले आपूर्ति ठप्प भएपछि आकाशियो तरकारीको भाउ

तरकारी बजारमा आज तरकारीको मूल्य २०० प्रतिशतभन्दा बढीले महँगिएको छ ।

Patanjali Nepal
SweetMart Nepal

शुक्रबारदेखिको अविरल वर्षा र यसले राजधानी जोड्ने सडक ठाउँ–ठाउँमा अवरुद्ध भएपछि तरकारी ढुवानी हुन नसक्दा मूल्य बढेको हो ।  आज ठूलो गोलभेंडा ११० र लोकल गोलभेंडा प्रतिकिलो ७५ रुपियाँ पुगेको छ । त्यस्तै, अघिल्लो दिन १०५ रुपियाँमा किनबेच भएको काउली ४० रुपियाँले बढेर १४५ पुगेको छ ।

शनिबारको तुलनामा बन्दा शतप्रतिशतले बढेर ७० रुपियाँ, लौका १७१ प्रतिशतले बढेर ९५ रुपियाँ र मकैबोडी ६४ रुपियाँले बढेर ९५ रुपियाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

शनिबार ७५ रुपियाँमा बिक्री भएको पालुंगो आज १५३ प्रतिशत अर्थात् ११५ रुपियाँले बढेर प्रतिकिलो १९० रुपियाँ र १७ रुपियाँको स्कुस २११ प्रतिशतले बढेर ५५ पुगेको छ ।  पुदिना भने किलोमै १७४ रुपियाँ महँगो भएर ७५० पुगेको हो । हिजो ५७६ मा बिक्री भइरहेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button